Wednesday , September 20 2017

राजेश पायललाई रेखाको ‘आइ लभ यू’

अघिल्लो साता लोकप्रिय गायक राजेशपायल राई चर्चित रियालिटी शो नेपाल आइडलमा अतिथि निर्णायकका रुपमा पुगेका थिए। उनको प्रस्तुतिबाटै शोको सुरुवात भएको थियो।राजेशले त्यहाँ ‘तिमीलाई रोझे’बोलको गीत गाएका थिए। उनको त्यो प्रस्तुतिको सर्वत्र प्रशंसा भएको थियो। उनको प्रस्तुतिमात्रै राखेर ‘बेस्ट पर्फमेन्स टिल नाउ इन नेपाल’ शिर्षकमा अपलोड गरिएको भिडियो अहिले नेपालमा युट्युब ट्रेन्डिङको चार नम्बरमा छ।

राजेशको प्रस्तुतिले अरुलाई त लोभ्याएको मात्रै थियो अभिनेत्री रेखा थापालाई ‘आइ लभ यू’ लेख्न नै बाध्य बनाएको छ। एकपटक मात्र होइन उनी पटक–पटक आई लभ यू लेख्दै राजेशपायलको उक्त प्रस्तुतिको भिडियो फेसबुकमा सेयर गरिरहेकी छिन्। उनले मंगलबार बिहानै राजेशको उक्त प्रस्तुति रहेको भिडियो सेयर गर्दै लेखेकी छिन्,‘तिमीलाई रोझे, मुटु झिकेर तिमीलाई सुम्पिदिए। माई हिरो, फिलिङ, यू स्टोलन माई हार्ट। रेखा थापा लभ यू। रुद्रपिया बिइङ क्रेजी। आई लभ यू राजेशपायल राई।’ चारदिन अघिमात्रै रेखाले राजेशपायललाई ‘आई लभ यू’ लेखेर यहीँ भिडियो सेयर गरेकी थिइन्।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …