Tuesday , December 12 2017

‘रोमियो’को पहिलो प्रिमिएर शनिबार कतारमा

१७ कात्र्तिकबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रोमियो’को पहिलो प्रदर्शन कतारको दोहामा हुने भएको छ । यही शनिबार कतारमा चलचित्रको भव्य शो हुन लागेको निर्माता तथा नायक हसनराजा खानले जानकारी दिए ।चलचित्र दोहास्थित ग्राण्डमलमा कतारको समय अनुसार साढे ३ बजेबाट प्रदर्शन हुनेछ । आइतबार पनि सोही समयमा चलचित्रको प्रदर्शन हुने हसनले जानकारी दिए ।प्रिमिएरका लागि नायक समेत रहेका निर्मँता हसन कतार पुगिसकेका छन् । ३ हजार भन्दा बढी दर्शकले चलचित्र हेर्ने अपेक्षा उनले गरेका छन् ।

लभस्टोरी कथामा निर्माण भएको यो चलचित्रलाइ कतारबाट राम्रो प्रतिक्रिया मिल्नेमा हसन विश्वस्त छन् । मुस्लिमहरुको महान चाड बकर इदको अवसर पारेर चलचित्रको प्रदर्शन कतारमा गर्न लागिएको हो ।शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रमा हसनराज खान, नीशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको ‘किन आज ल्याङ ल्याङ’ बोलको गति अहिले सर्वाधिक चर्चामा छ ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …