Thursday , December 14 2017

श्वेता खड्काको बस्तीलाई बीस लाख

अभिनेत्री श्वेता खड्को संयोजकत्वमा श्वेताश्री फाउण्डेशनले निर्माण गर्दै गरेको एकिकृत नमुना माझी बस्ती विकास परियोजनालाई बंगलादेशको ढाका क्लबले बीस लाख रुपैयाँ सहयोग गरेको छ। मंगलबार बस्तीमै पुगेर क्लबका कार्यकारी अधिकृत जाहिरुल आलिमले श्वेताश्री फाउण्डेशनका सल्लाहकार प्रेम खत्रीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

चेक बुझ्दै सल्लाहकार खत्रीले ढाका क्लबबाट प्राप्त उक्त रकमलाई सही ठाउँमा सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै क्लबलाई धन्यवाद दिए। यता अधिकृत आलिमले गत ०७२ वैशाख १२ गते गएको भूकम्पले माझी बस्तीलाई पुर्याएको क्षति देखेर आर्थिक सहयोग गरेको खुलाए। भूकम्पबाट प्रभावित ५६ माझी घरहरुमध्ये दश वटा घरको जग बसालिएको छ।

‘हामी चाँडै नै तपाईंहरु घरमा बसेको हेर्न चाहान्छौं’, चेक हस्तान्तरण कार्यक्रममा बोल्दै श्वेताश्री फाउण्डेशनका सचिव यज्ञराज कार्कीले भने, ‘हामी घर भन्दा पनि सहर बनाउँदैछौं। यसैले केही समय लागिरहेको हो। यो बस्ती हामीले होइन तपाईंहरुले बनाउँदै हुनुहुन्छ।’फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्का भने फिल्म ‘कान्छी’ सुटिङका कारण मंगलबार बस्तीमा उपस्थित थिइनन्।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …