Wednesday , September 20 2017

सानासाना सुन्दरीहरूले देखाए प्रतिभा

‘लिटिल स्टार २०१७’का प्रतियोगीले आफूमा रहेको प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट राउण्डअन्तर्गत उनीहरूले प्रतिभा प्रस्तुत गरेका हुन् ।अधिकांश प्रतियोगीले पप, आधुनिक र चलचित्रका गीतमा नृत्य गरे । केही प्रतियोगीले गायन, कविता लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

ट्यालेन्ट राउण्डको जजका रुपमा गायक राजु महर्जन, मेकअप आर्टिस रश्मी श्रेष्ठ, नृत्य निर्देशक रोहन महर्जन, व्यवसायी अर्जुन श्रेष्ठ, चलचित्र निर्माता दीपक कपाली लगायत रहेका थिए ।उपत्यका करिब ५० बढी विद्यालयका १०० बालबालिकाले पहिलो अडिसन दिएका थिए । तीमध्यबाट ६० प्रतियोगी फाइनल प्रतिस्पर्धाका लागि छानिएका हुन् ।२० भदौमा जमलस्थित राष्ट्रिय नाचघरमा भब्य कार्यक्रमसहित प्रतियोगिता फाइनल आयोजना हुँदैछ ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …