Tuesday , December 12 2017

आक्रामक व्यापारमा ए मेरो हजुर २

नायिकाका रुपमा नेपाली रंगीन दुनियाँ सफल नायिका झरना थापा चलचित्र निर्देशनमा पनि सफल दरिएकी छिन् । लामो समय नेपाली सिनेमामा बिताएकी झरनाले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’ले प्रदर्शनको दोस्रो दिनमा नै देशभरका सिनेमा घरबाट १ करोड ६० लाख ३० हजार ग्रस कलेक्सन गरेसँगै झरनाको निर्देशकिय क्षमताको पनि चर्चा सुरु भएको छ ।यो चलचित्रले शनिबार राजधानीका हलबाट मात्रै ८७ लाख, ७५ हजार कलेक्सन गरेको चलचित्र निर्माण युनिटले जनाएको छ । शनिबार राजधानी बाहिरका हलबाट ७२ लाख, ५५ हजार कलेक्सन गरेको यो फिल्मले शुक्रबार ७८ लाख ७१ हजार कलेक्सन गरेको थियो । अहिलेसम्म फिल्मले २ करोड ३९ लाख १ हजार कलेक्सन गरेको बताईएको छ ।

हिन्दि चलचित्र ‘बादशाहो’लाई छायाँमा पार्दै राम्रो प्रतिकृया सहित प्रदर्शनमा रहेको चलचित्र आज विहान पनि हाउसफुल शो भैरहेको निर्माण पक्षले जनाएको छ । आज ईदको विदामा परेकाले ‘ए मेरो हजुर २’ले आक्रामक व्यापारलाई निरन्तरता दिने निर्माता सुनिल कुमार थापाको दाबी छ ।सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुावर, बुद्धि तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् । हरिहर अधिकारीको कथा लेखन रहेको चलचित्रमा संजय लामाको छायाँकन तथा सामिप्यराज तिमेल्सिनाको पटकथा रहेको छ ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …