Tuesday , December 12 2017

डेब्युमै झरनालाई मिल्यो सफलता

फिल्म ए मेरो हजुर २ मात्र निर्देशनमा आएकी झरनाको फिल्मलाई दर्शकले रुचाएका छन् । प्राय लभ स्टोरी जनरकै फिल्ममा रुचाइएकी झरनाले डेब्यु निर्देशनको कथा पनि त्यहि रोजिन् । उनले कथाकार ज्योतिष हरिहर अधिकारी र पटकथाकार सामिप्यराज तिमिल्सेनाबाट त्यहि किसिमको काम लिईन् । त्यसैले गर्दा उनलाई डेब्यु फिल्ममै सफलता मिल्यो । रिलिज अगाडी कलाकार र संगीतले सिर्जना गरेको हाईपका आधारमा हल भित्रिएका दर्शकलाई फिल्मले निराश बनाए र फिल्म यसवर्षकै तिन दिनमा सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्न पुग्यो ।

सुनिलकुमार थापा निर्देशित यस फिल्मले शुक्रबार देशभर ९० पर्दाबाट ७८ लाख बढी ग्रस कलेक्सन गरेको निर्माण पक्षको दावी छ । फिल्मले राजधानीबाट ४५ लाख ५० हजार र मोफसलबाट ३३ लाख २१ हजार कलेक्सन गर्दै पहिलो दिन ७८ लाख ७१ हजार कलेक्सन गरेको निर्माण पक्षले जनाएका छन् । दोस्रो दिन शनिवार पनि फिल्मले अधिकाँस हलमा हाउसफुल बनेर रेकर्ड कायम गरेको छ । फिल्मको कलेक्सन राजधानीमा ८७ लाख ७५ हजार र मोफसलमा ७२ लाख, ५५ हजार पुगेको छ । दुई दिने टोटल कलेक्सन २ करोड ३९ लाख १ हजार पुगेको यसफिल्मले आइतवारको विदा पनि सदुपयोग नै गरेको छ ।

फिल्मले आइतवार राजधानीमा ५३ लाख र मोफसलमा ५१ लाखको व्यापार गरेको निर्माण पक्षले दावी गरेको छ । यस फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह , सलोन बस्नेत , अनुराग कुँवर लगायतको अभिनय रहेको छ भने यसै फिल्म मार्फत सलिनमान बनिया फिल्मनगरीमा डेब्यु भएका छन् । सलिनले पहिलो फिल्म मार्फत नै स्टारको ट्याग पाइसकेका छन् । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई संजय लामाले खिचेका हुन् ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …