Wednesday , September 20 2017

‘ए मेरो हजुर २’ले मेरो करियर उकास्छ : सम्राज्ञी

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी राणाले ‘ए मेरो हजुर २’ उत्कृष्ट चलचित्र भएको बताएकी छन् । मोफसलको टुरको क्रममा चलचित्रका अन्य कलाकार र निर्माण युनिट सहित शुक्रबार पोखरा प्रमोसनमा पुगेकी साम्राज्ञीले चलचित्रले आफ्नो करियरमा समेत हाइट थाप्ने बताइन् । हेटौडा, चितवन लगायत बिभिन्न ठाउँको प्रचार सहित निर्माण युनिट पोखरा पुगेको थियो । प्रचारमा चलचित्र लभ स्टोरी कथामा निर्माण भएको निर्देशक झरना थापाले बताइन् ।

झरनाको यो डेब्यु निर्देशन रहेको चलचित्र हो । ‘चलचित्र चल्नु र नचल्नुमा दर्शकको हात निर्भर छ’ झरनाले भनिन् ‘मलाई बिस्वास छ , मेरो चलचित्र दर्शकले रुचाउँने छन् ।’ सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा सलिनमान बनियाँ, सलोन बस्नेत दगायतको समेत अभिनय रहेको छ । १६ भदौबाट चलचित्र प्रदर्शनमा आउँदैछ । मोफसल टुर सकाएर चलचित्र युनिट शनिबार राजधानी फर्किएको हो ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …