Wednesday , September 20 2017

यस्तो छ ऐश्वर्यको पोष्टर

पछिल्लो समय फिल्म ऐश्वर्य सार्वजनिक गीत ‘तिमि रोएको पल’ का कारण चर्चामा छ । सुगम पोखरेल र अन्जु पन्तले गाएको यस गीतमा संगीत अर्जुन पोखरेलले दिएका छन् । पछिल्लो समय एकपछी अर्को गीत मार्फत सफलता पाउदा गएका अर्जुनलाई यसले पनि सफलता दिदैछ । गीतले चर्चा पाउदै गर्दा निर्माण टीमले टिजर पनि सार्वजनिक गरेको छ , जसलाई प्रसंसा मिलेको छ ।

ट्रेलर हेर्नेले फिल्मको मेकिङको प्रसंसा गरेपछि उत्साहित रहेको टीमले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिदै केहि दिनमै ट्रेलर रिलिज गर्ने तयारीमा रहेको छ । यसै टीमले ट्रेलर अगाडी फिल्मको पोष्टर सार्वजनिक गरेको छ । फिल्मले कथाको थिमलाई यसपोष्टर मार्फत प्रस्ट्याउने कोशिस पनि गरेको छ । सार्वजनिक पोष्टरमा टिजर झैँ फिल्मका मुख्य तीन पात्र रमेश उप्रेती , दीपिका प्रसाईं र प्रशान्त ताम्राकार लगायत फिचरीङ छन् ।

पोष्टरमा पनि टिजर झैँ ऐश्वर्यको लागि रमेश र प्रशान्त विचको टक्करलाई देखाउन खोजिएको छ । यसलाई टौवा क्रियसनले डिजाइन गरेको हो । फिल्ममा डेब्यु अनुहार दीपिका सुपर मोडलकै भूमिकामा छिन । फिल्ममा केकी अधिकारी , निर्मल शर्मा , अर्जुन श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप वरालको छायाँकन रहेको यो फिल्म कार्तिक ९ मा रिलिज हुनेछ । फिल्मलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …