Wednesday , September 20 2017

रमेश एक हप्ता पछाडी सर्दा रेखा एक्लै

कार्तिक २ लाई प्रदर्शन मिति तोकेको सिनेमा ‘ऐश्वर्य’ एक साता पछाडी सरेको  छ । कार्तिक २ मा थुप्रै नेपाली र विदेशी सिनेमाहरु भिड्ने भएपछी ‘ऐश्वर्य’ले आफ्नो रिलिज   मिति एक साता पछाडी सारेको जानकारी दिएको छ  । अब सिनेमा छठको अवसर पारेर कार्तिक ९ गते प्रदर्शन हुनेछ ।वितरक र निर्माताको समझदारीमा सिनेमा एक साता पछाडी सारेका र नेपाली दुई-तीन वटा सिनेमा रिलिज हुँदा लगानीकर्ता र सिंगो सिने क्षेत्रलाई नै घाटा हुने भएपछी सिनेमा रिलिज सारेका जानकारि प्राप्त भएको छ  ।दिवाकर भट्टराईद्वारा निर्देशित सिनेमामा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी , प्रशान्त ताम्रकार लगाएतले अभिनय गरेका छन । सिनेमामा किरण राणा उप्रेती र अर्जुन श्रेष्ठ निर्माताको रुपमा रहेका छन् । सिनेमामा दिर्घ खड्काको सम्पादन,  अर्जुन पोखरेल र बिराज गौतम संगीत , र  द्वन्द हिमाल केसीको रहेको छ ।

कार्तिक २ को डेटमा रेखा थापा/आर्यन सिग्देल स्टारर ‘रुद्रप्रिया’  मात्र आउने भएको छ चलचित्र रानी पनि कार्तिक २ मै आउने हल्ला चले पनि मिति तय भने गरिएको छैन ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …