Thursday , December 14 2017

ऋषि धमालकी श्रीमती अब हिरोइन,चलचित्र निर्माणको घोषणा

चर्चित पत्रकार ऋषि धमला पत्नी एलिजा गौतम नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्ने भएको छिन्। अभिनेत्रीको साथमा निर्मात्री बन्दै एलिजा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्न लागेकी हुन्। एरिका फिल्मस्को प्रोडक्सनमा बन्न लागेको नयाँ चलचित्र ‘अनुराग’ मार्फत एलिजा अभिनयमा प्रवेश गर्न लागेकी हुन्।

सोहि चलचित्र मार्फत दिपक घिमिरे हिरोको रुपमा डेव्यु गर्दै छन्।  चलचित्रलाई सत्यराज चौलागाईले निर्देशन गर्दैछन्।  रामकुमार केसीले खिच्ने चलचित्रमा किरण दाहालको कथा रहको छ।   करिव एक करोड माथिको लगानी रहने बताइएको चलचित्रको कार्तिक तेश्रो साताबाट छायाँकन सुरु हुनेछ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …