Thursday , December 14 2017

स्वस्तिमा र निश्चलको ‘कुटुमा कुटु’को २ करोड दर्शक

यहि शुक्रबारबाट प्रदर्शनमा आउँने चलचित्र ‘दुई रूपैयाँ’लाई गीतबाट अपत्यारिलो सफलता हात परेको छ । चलचित्रको ‘कुटुमा कुटु ’ गीतले रिलिजको तीन महिनामै २ करोड दर्शक पाएको छ ।युट्यूब मार्फत रिलिज यो गीतले छोटो अवधिका यति धेरै दर्शक पाएको हो । नेपालको परिपेक्षमा सबैभन्दा छोटो अवधिमा दुई करोर्ड दर्शक पाउँने गीत समेत यो ‘कुटुमा कुटु’ बन्न सफल भएको छ ।


दुई करोडको रेकर्ड बनाउने यो नेपालकै तेस्रो गीत भएको छ । यसअघि ‘सुर्के थैली’ र ‘ठमेल बजार’ले यो रेकर्ड बनाएका छन् । राजनराज सिवाकोटीको शब्द–संगीत रहेको गीतमा मेलिना राई र राजन इशान र सिवाकोटीकै स्वर रहेको छ ।
गीतको भिडियोमा भने स्वस्तिमा खड्का, निश्चल बस्नेत, बुद्धि तामाङ र आसिफ शाहको अभिनय देख्न सकिन्छ । गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । असिम शाह निर्देशित ‘दुई रुपैयाँ’मा आसिफ सहित निश्चल, बुद्धि तामाङ, रविन्द्र झा, राजन इशान आदिको अभिनय देख्न सकिन्छ ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …