Wednesday , September 20 2017

बिराट र अनुष्का श्रीलंकामा यसरी समय बिताउँदै

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीबीचको प्रेम सम्बन्धबारे सबैलाई थाहा छ। उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा छन्। निकै व्यस्त समयका बाबजुद यी दुई एक अर्कालाई समय दिन सधैं तयार हुन्छन्।अनुष्का फिल्म ‘जब ह्यारी मेट सेजल’मा व्यस्त भएकी थिइन् भने विराट एक दिवसीय खेलको लागि श्रीलंकामा छन्।

हालै फिल्मबाट छट्कारा पाएपछि अनुष्का विराटलाई भेट्न श्रीलंका पुगेकी थिइन्।उनीहरु आफ्नो समयलाई रमाइलो बनाउन हरेक प्रयास गरिरहेका छन्। सामाजिक सञ्जालमा यी दुईले खाली समयमा एउटा रिर्सोटमा विरुवा रोपेर रमाइलो गरेको तस्वीर सार्वजनिक भएको छ। तस्वीरमा विराट र अनुष्का एउटा विरुवा रोप्दै देखिएका छन्।यसरी उनीहरु आफ्नो समय बिताउँदै छन्।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …