Wednesday , September 20 2017

प्रियंका र अर्पणको ‘द बटरफ्लाई’ २८ पुसमा

ओम प्रतीक गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘द बटरफ्लाई’ (मायाका रङहरु) २८ पुसबाट प्रदर्शनमा आउँने भएको छ । प्रियंका कार्की, अर्पण थापा, आर्यन अधिकारी लगायतको अभिनय रहेको चलचित्रका रमेश प्रजापति कार्यकारी निर्माता हुन् । पुष्पाञ्जली अधिकारी (सखा) निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी, सरोज शाह सहनिर्माता रहेको कुमार महर्जनको द्वन्द्व रहेको छ ।

विकास चौधरी, दिपक शर्माको संगीत रहेको चलचित्र बटरफ्लाईको गीत शान्ति प्रिय, ओम प्रतिक गुरुङ, प्रमोद ढुंगाना, सरोज लामिछानेको रहेको छ । चलचित्रमा युवराज चौलागाईं, राजेशपायल राई, माण्डवी त्रिपाठी, विश्व नेपाली र कोशिष क्षत्रीको स्वर रहेको छ ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …