Wednesday , September 20 2017

दीपक र दीपाको ‘छक्का पञ्जा २’को दोस्रो गीत फेरि विवादमा, लाग्यो चोरीको आरोप

अघिल्लो वर्षकै सर्वाधिक ब्यवसाय गर्न सफल चलचित्र ‘छक्का पञ्जा’को सिक्वेलको रुपमा बनेको ‘छक्का पञ्जा २’का गीत एकपछि अर्काे  बिवादमा मुछिन थालेको छ । चलचित्र युनिटले प्रचारका लागि गीत सार्वजनिक गरे लगत्तै बिवादमा पर्न थालेको हो । चलचित्रको केही पहिले आएको नाइलनको साडीमा बोलको गीत सार्वजनिक भए लगत्तै बिवादमा मुछिएको थियो । चोरीको आरोप लागेको यो गीतका कारण निर्माता दिपकले माफी समेत मागेका थिए ।पहिलो बिवाद सेलाउन नपाउदै फेरी यसै चलचित्रको अर्काे गीत ‘तिमि यता किनारमा’ बिवादमा तानिएको छ । चलचित्र युनिटले सोमबार राजधानीमा एक कार्यक्रम सहित सार्वजनिक गरेको यो गीतलाई पनि चोरीको आरोप लागेको छ । हरिवंश आचार्य र आस्था राउतको स्वर रहेको यो गीतमा संगीत किरण कंडेलले दिएका छन् ।


यो गीत चलचित्र देवर बाबुमा रहेको बास्ना मिठो कस्तुरीबाट चोरी गरेको आरोप लागेको हो । केशव भट्टराई निर्मित चलचित्र ‘देवर बाबु’मा रहेको गीतमा सुरेश अधिकारीको संगीत र राजेश पायल राई र साधना सरगमको स्वर रहेको छ । एरेन्जदेखि धेरै कुरा मिलेपछि गीतको अहिले सामाजिक संजालमा खिल्ली उठाउने काम भइरहेको छ । उत्तम संजेलको शब्द रहेको छक्का पन्जाको गीतलाई अल्मोडा राणा उप्रेतीले एरेन्ज गरेका हुन् । यसअघि पनि अल्मोडाले आफ्नै संगीतमा भन्दा नाइलनको साडीमा गीत विवादमा परेको थियो । अल्मोडाले देवर बाबुमा समावेश गीतसँग मिल्दो एरेन्ज समेत गरेका छन् । छक्का पन्जा २ को गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने पुरुषोत्तम प्रधानले खिचेका हुन् । गीतमा दीपक राज गिरी, प्रियंका कार्की, विल्सन विक्रम राई, बुद्धि तामाङ देखिएका छन् । गीतको कोरिगोग्राफी पनि केही हदसम्म मिल्दो जुल्दो देखिएको छ ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …