Wednesday , September 20 2017

गीतकार डब्बु क्षत्रीको ‘गुलाबी स्वरहरु’ सार्वजनिक

पत्रकार डब्बु क्षत्री गीति लेखनमा पनि कलम चलाउँदै आएका छन् । यहि क्रममा उनले आफ्नो जन्मदिनको अबसर पारेर नयाँ गीतिसँग्रह ‘गुलाबी स्वरहरु’ बजारमा ल्याएका छन् । यस अघि एकल गजलसँग्रह झरी ल्याएको क्षत्रीको यो दोस्रो एकल गीतिसँग्रह को ।

आईतबार राजधानीमा एक समारोहबीच छायाँछबी क्रियसनका अध्यक्ष एवं पत्रकार शान्तिप्रिय सँग्रहका गायिकाहरु निशा देशार, केन्जुमा सुब्बा, रेश्मा पुनमगर, साहिमा श्रेष्ठ, सँग्रहको भिडियोकी मोडल सृष्टि तामाङले गुलाबी स्वरहरु बिमोचन गरेका हुन् ।

 

पत्रकार शान्तिप्रियले कार्यक्रममा बोल्दै गीत लेखनमा अढाई दशकदेखि सक्रिय डब्बु क्षत्रीले बिगतमा गम्भिर गजल तथा गीत ल्याएको बताए । तर यस पटक नयाँ पुस्तालाई लक्षित गरेर सबैले गाउन सक्ने रोमाञ्चकारी पप शैलीका गीतहरु उनले पस्किएको शान्तिप्रियले प्रकाश पारे ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …