Thursday , December 14 2017

दीपाले गालामा चुम्दा श्रीमतीतिर हेरेर मुस्कुराए दीपक

अभिनेत्री निर्देशक दीपाश्री निरौला र अभिनेता निर्माता दीपक राज गिरीको सम्बन्धको चर्चा चलचित्र क्षेत्रमा सधै हुने गरेको छ । सोमबार आयोजित चलचित्र ‘छक्का पन्जा २’को गीत रिलिज कार्यक्रममा पनि सोही चर्चा भयो ।कार्यक्रममा चलचित्रकी निर्देशक समेत रहेकी अभिनेत्री दीपाले दीपक आफ्नो मन, मुटु सबैथोक हो भन्दै गालमा चुमिदिइन् । दिपाले दिपकको दुबै गालामा पालैपालौ चुमेकी हुन् । दिपाले आफ्नो गालामा पहिलो पटक चुम्दा दिपक आफ्नै अगाडि रहेकी श्रीमती तिर हेरेर मुस्कुराइ मात्र रहे । जव दीपाले दोस्रो पटक फेरी गालामा चुमिन् दीपक बरिष्ठ हाँस्यकलाकार महजोडी तिर हेर्दै रातोपिरो भए ।
कार्यक्रममा चलचित्र ‘छक्का पन्जा २’मा समावेश ‘झ्याम्म झ्याम्म’ बोलको गीत समेत देखाइएको थियो । गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर, किरण कँडेलको संगीत, उत्तम संजेलको शब्द रहेको छ । गीतको भिडियो कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ । गीतमा चलचित्रका मुख्य कलाकार अभिनेत्री प्रियंका कार्की, दीपकराज गिरी र वुद्धि तामाङ सहित अतिथी कलाकारको रुपमा विल्सन विक्रम राइले नृत्य समेत रहेको छ ।
‘छक्का पन्जा २’ आगामी ११ असोजमा प्रदर्शनमा आउँने चलचित्र हो । दीपाश्री निरौला निर्देशित चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतका कलाकारको अभिनय रहेको छ ।

कार्यक्रममा बरिष्ठ हाँस्यकलाकार हरिबंश आचार्यले गीत मार्फत चलचित्रसँग जोडिन पाउँदा खुसी लागेको बताए । उनले चलचित्रको सफलताका लागि शुभकामना दिए ।बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र ‘छक्का पन्जा’ले १७ करोडको ब्यवसाय गरेर रेकर्ड बनाएको उल्लेख गर्दै ‘छक्का पन्ना २’ले पचाँस करोड कमाउन सकोस् भन्दै शुभकामना दिए ।कलाकार निर्माता दिपकराज गिरीले ‘छक्का पन्जा २’ दुःख गरेर रमाइलो चलचित्र बनाएको बताए । उनले चलचित्रमा मिहिनेत गर्दै सबै ठिमलाई धन्यवाद समेत दिए । दीपकले केही पहिले सार्वनिक ‘नाइलनको सारीमा’बोलको गीत चोरीको चर्चाले चलचित्रको बिना पैसा प्रचार भएको बताए । उनले निर्देशक समेत रहेकी दीपा बिनजा आफु अधुरो भएको बताए ।अभिनेत्री बर्षा राउत, स्विस्तिमा खड्का, प्रियंका कार्कीले चलचित्र राम्रो बनेको सुनाए ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …