Tuesday , December 12 2017

डिजे वर्षाले पोखरामा गरिन् कमाल

नट्टी–नट्टी पुल पार्टीको पोखरा संस्करण सेदीस्थित इन्फिनिटी रिसोर्टमा सम्पन्न भएको छ । संस्करणमा काठमाडौं बालाजुकी डिजे वर्षाले पोखरेली दर्शकहरूलाई आफ्नो डिजेइङमा झुमाइन् ।काठमाडौंको वेभ डिजे एकेडेमीमा डिजेइङ सिकिरहेकी वर्षाले आफ्नो कला प्रस्तुत गर्दै पोखरेली क्राउडको ध्यान आफूतर्फ खिचिन् ।वर्षालाई पहिलो पटक ठूलो कार्यक्रममा डिजेइङ गर्ने अवसर प्रदान गरिएको थियो।

किस्ट कलेजमा ए लेभल अध्ययनरत वर्षासँगै पहिलो पटक ठूलो कार्यक्रममा डिजेइङ गरिरहेका डिजे विवेक तथा डिजे गनेशले पनि दर्शकको भरपुर साथ पाए ।स्थापित डिजे प्रज्वल र डिजे गेन्टको डिजेइङले कार्यक्रममा रौनक थप्यो । दिउँसो २ बजे प्रारम्भ भएको उक्त पुल पार्टी राति १० बजेसम्म चलेको थियो ।यो पार्टी नेपालका विभिन्न सहरमा सञ्चालन हुँदैछ । भदौ २४ गते काठमाडौं, ३१ गते नारायणगढ, असोज २१ गते बुटवल तथा २८ गते नेपालगन्जमा नट्टी–नट्टी पुल पार्टी सञ्चालन हुने एकेडेमीका सञ्चालक डिजे प्रज्वलले बताएका छन् ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …