Tuesday , December 12 2017

फेसन शो’ जीवनशैली’लाई ५ मोडल छनोट

आरएनआर ग्रुपले आउँदो २२ सेप्टेम्बरमा पोखरामा भव्य फेसन शो आयोजना गर्दैछ । ‘जीवनशैली’ नाम दिइएको उक्त फेसन शोका लागि मोडलहरुलाई पहिलो अडिसन राजधानीमा गरिएको छ । राजधानीमा गरिएको अडिसनमा ५० जना व्यवसायिक मोडलले आवेदन दिएका थिए, जसमध्ये ५ जना छनोट भएका छन् ।

राजधानीको पहिलो चरणको अडिसनमा फोटोग्राफर राजभाई सुवाल, मोडल विपना थापा, पत्रकार डब्बु क्षेत्री, फ्लाईटेकका निर्देशक नाजिर हुसैनलगाययत निर्णायक थिए ।काठमाडौंपछि पोखरामा अडिसन लिइने आयोजकले जनाइएको छ । आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठका अनुसार पोखरामा यही आउँदो आइतबार अडिसन लिइँदैछ ।  शो पोखरास्थित होटल बाराहीमा हुने बताइएको छ ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …