Thursday , December 14 2017

अोस्कार अवार्ड पाए पनि लिन जान्नः कंगना

बलिउड अभिनेत्री कंगना रनावतले ओस्कार अवार्डसँग आफ्नो कुनै मतलव नभएको बताएकी छन्।उनले ओस्कार अवार्डले आफ्नो जीवनमा धेरै प्रभाव नै नपार्ने बताइन्। एक कार्यक्रममा उनले कसैले उनलाई ओस्कार अवार्ड दिएपनि नलिने दावी गरिन्।

३ पटकसम्म राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित कंगनाले विदेशी पुरस्कार भन्दा स्वदेशी पुरस्कारनै उत्कृष्ट हुने बताईन्। उनले आफ्नै देशको राष्ट्रपतिको हातबाट अवार्ड लिँदा गर्व महसुस हुने बताईन्।उनले विदेशी अवार्ड टीआरपीको आधारमा दिने तर राष्ट्रिय पुरस्कारमा त्यस्तो नहुने हुँदा ओस्कार भन्दा आफ्नै देशको पुरस्कार महत्वपुर्ण लाग्ने बताएकी हुन्।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …