Wednesday , September 20 2017

कपिल शर्मामाथि मडारियो समस्याको बादल

पछिल्लो केही दिनमा कमेडियन कपिल शर्मा फेरि चर्चामा छन्। केही समयदेखि लगातार कपिले शो को शुटिङको समय रद्द गर्दै बलिउडका स्टारहरुलाई फर्काउन थालेका थिए। यही खराब व्यवहारलाई हटाउन च्यानलको तर्फबाट सुचना आएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।पछिल्लो केही दिनमा कपिलको स्वास्थ्य केही ठीक छैन। यसकाररण उनी बलिउडका कलाकारलाई शुटिङ नै नगरि फर्काएका थिए। हालै कपिलले फिल्म ‘बादशाहो’का टिलाई फर्काएका छन्।अभिनेता अजय देगवनको फिल्म ‘बादशाहो’ १ सेप्टेम्वरमा रिलिजको तयारीमा छ। यही फिल्मको प्रचारको लागि टिम सहित आएका अजयलाई कपिलले शुटिङ नै नगरि फर्काएका छन्।

खासमा शो को लागि कपिलले टिमलाई विहान ११ः४५ बजे शुटिङको समय दिएका थिए। सबै कलाकारहरु शुटिङको लागि केही घण्टा अगाडी नै पुगेका थिए। तर त्यहाँ कपिल भने उपस्थित थिएनन्। कपिललाई निर्माण युनिटले सम्पर्क गर्न खोजेपनि उनको फोन नै लागेन।त्यसपछि फिल्मको टिम फर्किएको थियो। पछि शो को निर्माण टिमले कपिलको स्वास्थ्य अवस्था कमजोर भएको कारण आउन नसकेको स्पस्टीकरण दिएका थिए।यसअघि पनि कपिलले भोजपुरी अभिनेता मनोज तिवारीसँगको शुटिङ रद्द गरेको खबर आएको थियो। त्यसअघि कपिलले अमिताभ बच्चनसँगको शुटिङ पनि रद्द गरेका थिए।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …