Thursday , December 14 2017

कपिल शर्माले पुनः रद्द गरे अजय देवगनसँगको सुटिङ

‘द कपिल शर्मा शो’ को सुटिङ रद्द हुने क्रम जारी छ । लगातार जसो सेलिब्रिटीसँगको सुटिङ रद्द भइरहेको छ । अब यो सूचीमा ‘बादशाहो’ समूहको नाम पनि जोडिएको छ ।वास्तवमा आइतबार ‘बादशाहो’ को स्टार कास्टसँग सुटिङ हुने कार्यक्रम तय भएको थियो । तर स्पटबोइ इ को खबर अनुसार कपिल शार्मा सेटमा पुगेनन् ।फिल्मको पूरा समूहलाई साढे ११ बजे सुटिङका लागि बोलाइएको थियो । ईशा गुप्ता र इलियाना डिक्रुज ९ बजे पुगेका थिए । इमरान हाशमी साढे १० बजे पुगे भने अजय देवगन ११ बजे सेटमा पुगे । तर कपिल शर्मा भने पुगेनन् ।निर्माता समूहले कपिललाई थुप्रै पटक फोन गरे तर उनको फोन स्विच अफ थियो । कपिलको समूहले पनि केही जवाफ दिन सकेनन् । कपिलको यस्तो व्यवहारले अजय निकै रिसाए र चारैजना कलाकार साढे ११ बजे सेटबाट फिर्ता भए ।

कपिललाई प्यानिक अट्याक भएका कारण कपिलको मोबाइल स्विच अफ भएको जानकारी कपिलको समूहले ती चार कलाकारलाई पछि जानकारी दिए ।स्मरण रहोस्, आइतबार बिहान मात्र कपिलले मनोज तिवारीसँगको सुटिङ पनि रद्द गरेको खबर आएको थियो । यद्यपी, यसको कारण कपिलको खराब स्वास्थ्य नभई मुम्बईमा चलिरहेको कर्मचारीको हडतालका कारण सुटिङ रद्द भएको हो ।पछिल्ला केही दिनदेखि कपिलको स्वास्थ्य खराब भइरहेको छ जसका कारण थुप्रै सेलिब्रिटीसँग सुटिङ रद्द गर्नुपरेको छ । यो सूचीमा जब ह्यारी मेट सेजलका लागि शाहरुख खान र अनुष्का शर्मा, मुबांरकाका लागि अर्जुन कपूर र अनिल कपूर र गेस्ट इन लण्डनका लागि परेश रावलको नाम समावेश छ ।सुटिङ रद्द हुनुको कारण हड्ताल होस् वा स्वास्थ्य, तर यसले कपिलको छवीमा नराम्रो प्रभाव पारिरहेको छ ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …