Wednesday , September 20 2017

बोल्दैनन् काजोल र करण जोहर ?

टोबायोग्राफी ‘एन अनसुटेबल ब्बोइ’ मा करणले काजोलसँग कुनै पनि सम्बन्ध नरहेको उल्लेख गरेका थिए । हालै भएको एक कार्यक्रममा काजोललाई लिएर करण भड्किएको समेत बताइयो । मिडिया रिपोर्टका अनुसार टिभी सो ‘दिल है हिन्दुस्तानी’ मा करण जोहर जज रहेका थिए ।जब यस सोमा काजललाई गेस्ट अतिथिको रुपमा ल्याउने कुरा चल्यो तब करण यस विषयलाई भड्किए । उनले करण र काजोल एक छत मुनि रहन नसक्ने बताए । यदी काजोललाई बोलाइएमा आफुले सो छोड्ने बताएपछि उक्त सो सञ्चालक तर्सिएका थिए ।

यस कुरालाई सो सञ्चालकले अगाडि बढाउन दिएनन् । उनीहरुको सम्बन्ध तब बिग्रियो जब करनको फिल्म ‘ए दिल है मुस्किल’ र अजयको फिल्म ‘शिवाय’ एकै पटक रिलिज भए ।अजय करणलाई कति पनि रुचाउँदैन्थे । यो विवाद तब बिग्रियो जब करणले काजलको एक पार्टीमा बेइजत हुने गरि भने । त्यस पश्चात अजयले करणलाई फोन गरेर थर्काउने काम गरेका थिए । फिल्म रिलिज पश्चात त उनीहरुको सम्बन्ध झन् बिग्रियो । करणका कारण अजयको फिल्मले राम्रो कलेक्शन गर्न सकेन ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …