Thursday , December 14 2017

छोराको बा बने ‘सीते बा’

हास्य टेलिश्रृंखला ‘भद्रगोल’मा ‘सीते बा’ को भूमिका निभाउने मधुसुदन पाठकलाई पुत्रलाभ भएको छ। पाठककी श्रीमती रिजु पौडेलले बुधबार बिहान छोरालाई जन्म दिएकी हुन्।भद्रगोलमा जस्तोसुकै परिस्थितिमा पनि ‘ए हो ठिकै छ’ बोल्ने सीते बालाई उनको भूमिकाका कारण अधिकांशले बृद्ध सोच्छन्।

‘कतिले म युवा हुँ भन्ने नै पत्याउँदैनन्,’ सन्तानप्राप्तिको खुसी साट्दै पाठकले भने, ‘पहिले सीत बा थिएँ, अब बाबा भएँ। जिम्मेवारीसँगै ऊर्जा थपिएको अनुभूति हुँदैछ।’रिजु पौडेल र पाठकबीच दुई वर्षअघि बिहे भएको थियो।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …