Wednesday , September 20 2017

मिस टुरिजम–२०१७ हुने

प्वाईन्ट मिडियाले  ‘मिस टुरिजम–२०१७’ को आयोजना गर्ने भएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक नविन काफ्लेले बताए । यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्वन, आन्तरिक पर्यटकहरुको वृद्धि गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्वन गर्ने आयोजकको अपेक्षा छ ।प्रतियोगितामा सहभागी हुन चाहनेहरुले भदौ १९ गते सोमवारबाट असोज ६ गते शुक्रवारसम्म  आवेदन दिन सक्नेछन् । प्रतियोगितामा १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली महिलाहरुले आवेदन दिन पाउनेछन् ।

प्रतियोगिताको फाइनल कात्तिक १८ मा   हुनेछ । मिस टुरिजम–२०१७ लाई नगद पचास हजार रुपैयाँ, नेपालका स्थापित संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर पनि नियुक्त गरिने जनाईएको छ । फस्ट रनर अपलाई नगद ३० हजार रुपैयाँ र सेकेण्ड रनर अपलाई नगद २० हजार रुपैयाँ प्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसरहरु पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …