Tuesday , December 12 2017

दुःखको प्रतिफल अवार्ड पाए -मोडल लिला गिरी

म्युजिक भिडियोमा लोकप्रिय भएकी मोडल लिला गिरी सफलताको शिखर चढ्दै छिन् । अघिल्लो साता धादिङमा सम्पन्न तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा इन्करेजमेन्ट अवार्ड जित्न सफल भएकी गिरीले सयौं भिडियोमा अभिनय गरिसकेकी छिन् । पश्चिम नेपालको सुर्खेतकी मोडल लिला गिरीसँग अर्थ नेपाल डट कमले गरेका कुराकानीको सम्पादित अंश :

केमा व्यस्त हुनुहुन्छ ?
म्युजिक भिडियोहरुमा व्यस्त छु ।
कति वटा म्युजिक भिडियोमा अभिनय गर्नु भयो ?
अहिलेसम्म सय पचास भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छु ।
कलाकारितामा आउने सानैदेखीको चाहना हो ?
हो, मेरो सानैदेखी कलाकारितामा आउने सपना थियो । टेलिभिजनको पर्दामा अरुले अभिनय गरेको देखेर आफु पनि त्यस्तै हुनु पाए हुन्थ्यो भन्ने लाग्थ्यो । सधै टेलिभिजनमा मान्छे कसरी पस्छन् भन्ने कौतुहल्ता मनमा हुन्थ्यो । कलाकार भनेर टेलिभिजनमा देखिने रहर भएपनि मेरो परिवारमा नाँच्ने गाउने कुरालाई राम्रो मान्नु हुन्थेन ।

तर परिवारको चाहना विपरित कलाकारितामा कसरी प्रवेश गर्नु भयो ?
कलाकार बन्नका लागि एसएलसी परिक्षा दिएपछि घरबाट भागेर काठमाडौं आएकी हुँ । करिब ६ महिना मेरो घरको कोही पनि म सँग बोल्नु भएन । जब म कलाकार भएर टेलिभिजनमा आउन थाले त्यसपछि विस्तारै उहाँहरुले मेरो कुरा बुझ्नुभयो । अहिले परिवारको पूर्ण सहयोग पाएकी छु ।
कलाकारितामा लागेर गलत गरेछु भन्ने लागेन ?
त्यस्तो कहिले लागेन । कलाकार भन्नु मेरो सानैदेखीको सपना थियो ।
पहिलो चोटी आफैले अभिनय गरेको भिडियो हेर्दा कस्तो अनुभुति भयो ?
सुरुमा आफैलाई विश्वास लागेन । सानैदेखी टिभीमा मान्छे कसरी पस्छन् होला भन्ने कौतुहल्ता थियो । आफु त्यहाँ कसरी गएँ भनेर विश्वास लागेन । दुई तिन चोटी हेरेपछि खुशीको कुनै सिमा भएन ।

जीवन के हो जस्तो लाग्छ ?
जीवन संघर्ष हो ।
व्यक्ति सफल हुनका लागि के चाँहिदो रहेछ ?
पहिला आफ्नो लक्ष्य र सपना प्रति दृढ हुुनुपर्दछ । धैर्यता, लगनशीलता चाहिन्छ ।
भखरैं अवार्ड जित्नु भयो कस्तो अनुभुति भयो ?
एक दम खुशी भए । जीवनमा गरेको दुःखको प्रतिफल पाए जस्तो लाग्यो । तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्डमा इन्करेजमेन्ट अवार्ड जित्न सफल भए ।

चलचित्रमा खेल्ने योजना छैन ?
राम्रो व्यानरबाट मनपर्ने कथा आयो भने खेल्छु, नत्र म्युजिक भिडियो नै ठिक छ । मैले एउटा चलचित्रमा अभिनय गरिसकेको छु । केहि चलचित्रमा कुरा भइरहेको छ ।
तपाईको अभिनय हेरेर दर्शकले कस्तो प्रतिक्रिया दिनु हुन्छ ?
उहाँहरुको प्रतिक्रिया एकदम राम्रो र सकारात्मक पाएको छु । आजसम्म उहाँहरुले नराम्रो कमेन्टसम्म गर्नु भएको छैन अभिनय गरेको छु ।
अन्त्यमा ?
सबै दर्शकहरुलाई सधैभरी यसरी नै माया गर्दिनु होला भन्न चाहान्छु । अझ राम्रो गर्ने प्रण गर्दछु । मेरो मनका कुराहरु राख्ने अवसर दिनु भएकोमा अर्थ नेपाल डट कम प्रति आभारी छु ।

 

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …