Tuesday , December 12 2017

मोडलिङ क्षेत्रमा जम्दै मोडल तृष्णा खड्का

मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडल तृष्णा खड्का लागेकी छिन l राजधानी शहर काठमाडौँको स्थाई बासिन्दा तृष्णा अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन l

नृत्य र अभिनयमा पोख्त मोडल तृष्णा खड्का सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण पनि हो l बिगत एक बर्ष देखि मोडलिङ क्षेत्रमा लगेर दर्जनौ म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरि सकेकी तृष्णाले केहि टेली चलचित्रमा समेत अभिनय गरेर दर्शकहरुको ध्यान आफु तर्फ तान्न सफल भएकी छिन भने केहि सर्ट मुभीहरुमा समेत सफल अभिनय गरेकी छिन l

उनी अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l आकर्षित व्यक्तित्वको धनि तृष्णा, हासी रहने शालीन स्वभाबकि तथा चाडै घुलमिल हुने स्वभावकी छिन । हालसालै मात्र उनि आउदै गरेको नया नेपाली चलचित्रमा समेत अनुबन्धित भईसकेकी छिन l उनि भन्छिन यदि अन्य राम्रो ठाउ बाट म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा आफु सधै अभिनय गर्न तयार छु l सानै उमेर देखि मोडलिङमा रुचि राख्ने तृष्णा नृत्यमा पनि त्यतिकै रुचि राख्छिन, अहिले मोडल तृष्णा अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोसिशरत छिन ।मोडल तृष्णा भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …