Wednesday , September 20 2017

‘ऐश्वर्य’को टिजर सार्वजनिक, कात्तिक ९ मा रिलिज डेट

फिल्म ‘ऐश्वर्य’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मको गुणस्तरीयतासंगै द्वन्द्व देखाइएको छ । फिल्म हलमा ‘ए मेरो हजुर २’ संगै यो टिजरलाई दर्शकले हेर्न पाउने छन् ।सार्वजनिक गीत ‘तिमी रोएको पल’मार्फत चर्चामा आएको ‘ऐश्वर्या’लाई टिजरले थप हाईट दिने विश्वास निर्माण पक्षको रहेको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतलाई सुगम पोखरेल र अन्जु पन्तले गाएका छन् ।

फिल्मको टिजरमा भने गीतसंगै केही दृश्यको झलक देखाइएको छ । फिल्ममा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेंजु योञ्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् ।निर्मल शर्मा कार्यकारी निर्माता रहेको ‘ऐश्वर्या’मा लेखन तथा निर्देशन दीवाकर भट्टराईको रहेको छ । सुदीप बरालको छायाँकन रहेको ‘ऐश्वर्या’ कात्तिक ९ मा रिलिज हुनेछ । फिल्मलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …