Thursday , December 14 2017

‘मेला’मा गजित, पवित्रा र अशिस्माको परिचय खुल्ने

चलचित्र मेलाले प्रदर्शन मितिसँगै एक गीत पनि सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक  गरेको हो ।‘परिचय पाउ’बोलको सार्वजनिक गीतमा गजित बिष्ट र पवित्रा आचार्यको अभिनय देख्न सकिन्छ । चलचित्र भित्र भने यी दुइ अतिथी कलाकार रहेका छन् । गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, अर्जुन पोख्रेलको संगीत, दिग्गज धुरालीको शब्द छ ।

२४ कात्तिकबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको ‘मेला’ बसन्त निरौला निर्देशन गरेका हुन् । सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, निरज श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रमा पवित्रा आचार्यको कोरियोग्राफी, दिव्य सुवेदीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, अष्ट महर्जनको एक्सन छ ।हरि पन्तको प्रस्तुतीमा तयार भएको चलचित्रमा मनोज के मरोडियाको लगानी छ।चलचित्रमा हरि पन्तकै कथा, पटकथा, संवाद तथा सह–निर्देशन छ ।कार्यक्रममा निर्देशक बसन्त निरौलाले आफूहरुले ‘मेला’लाइ एउटा उत्कृष्ट चलचित्र बनाउने कोशिश गरेको बताए । नायिका अशिष्मा नकर्मीले ‘मेला’मा आफूहरुले निकै मिहिनेत गरेको बताउँदै सलोन, आमेष र आफ्नो जोडी सुहाएको बताइन् ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …