Wednesday , September 20 2017

यस्तो देखियो फष्टलुकमा ‘मिष्टर झोले’

निर्देशक दीपेन्द्र के खनालले चलचित्र ‘झोले’ बनाएका थिए । अभिनेता दयाहाङ राईको मुख्य भुमिका रहेको चलचित्र ब्यवसाहिक सफल पनि मानिन्छ ।
यहि ‘झोले’ नामबाट अहिले निर्देशक रामबाबु गुरुङले अर्काे चलचित्र बनाएका छन् । चलचित्र हो ‘मिष्टर झोले’ । यसको मुख्य भुमिकामा पनि दयाहाङ नै देखिएका छन् । पोष्टरमा अभिनेता दयाहाङले भित्ते घडी समेत हातमा लिएका छन् ।


चलचित्रको अहिले फष्टलुक सार्वजनिक गरिएको छ । फष्टलुकमा कलाकार दयाहाङ राई, दीया पुन, वर्षा राउत, वृद्धि तामाङ र प्रविन खतिवडा देखिएका छन् ।
चलचित्र टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको हो । दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायत कलाकारको अभिनय रहेको चलचित्र २८ पुसबाट प्रदर्शनमा आउँदैछ । रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो चलचित्रलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …