Wednesday , September 20 2017

नाटक खेल्दै नम्रता

नेपाली समाजमा नाटकप्रतिको रुचि बढ्दै गएको छ । काठमाडौंलगायत देशका विभिन्न स्थानमा नाट्यघर खुल्दै गएका छन् । नाटकप्रति दर्शकको रुचि बढ्दै जान थालेपछि चलचित्रमा अभिनय गर्ने अभिनेता तथा अभिनेत्री पनि नाटकप्रति आकर्षित हुन थालेका छन् । यसैबीच, चलचित्र अभिनेत्री नम्रता श्रेष्ठ पनि नाटकमा देखिने भएकी छन् ।३ वटा नाटकमा यसअघि नै अभिनय गरिसकेकी श्रेष्ठले यसपटक ‘गोल्डेन ब्याइ’ मा अभिनय गर्न लागेकी हुन् । सेप्टेम्बर १ देखि १० सम्म मञ्चन हुने सो नाटकको निर्देशन अमेरिकी रंगकर्मी डेबोरा मेरोलाले गर्दै छन् ।

सन् १९३७ मा अमेरिकामा चर्चित रहेको सो नाटक ‘गोल्डेन ब्याइ’ को नेपाली संकरणमा श्रेष्ठले अभिनय गर्न लागेकी हुन् ।‘हाइली हाइ इन्टरटेन्मेन्ट र वान वल्र्ड थिएटर’ ले संयुक्त सो नाटकको मञ्चन गर्न लागेका हुन् । नाटकमा श्रेष्ठसँगै अमृत दाहाल, राजकुमार पुडासैनी र दिव्य देव्य आदिको अभिनय रहेको छ । त्रिपुरेश्वरस्थित ‘वल्र्ड ट्रेड सेन्टर’ मा रहेको ‘कर्मा बार एन्ड लाउन्ज’ मा यो नाटक मञ्चन हुनेछ । नाटकमा नम्रताले ‘लोरना मुन’ को भूमिका निर्वाह गर्दैछन् । यो नाटकमा आधारित रहेर हलिउडमा चलचित्रसमेत निर्माण भएको छ ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …