Thursday , December 14 2017

उत्तमले ल्याए ‘यो यात्रा’

गायक तथा संगीतकार उत्तम थापा मगरले चौथो एल्बम ‘यो यात्रा’ ल्याएका छन् ।संगीतकार गुरुदेव कामत, राजु सिंह लगायतका व्यक्तित्वले राजधानीमा आयोजित एक कार्यक्रममा एल्बम विमोचन गरेका हुन् ।एल्बममा आधुनिक तथा लोक शैलीका ८ गीत समावेश छन् । विमोचित एल्बमका सबै गीतमा गायक थापाकै संगीत छ । एल्बमका ती गीतहरु उत्तम थापा मगर, मनोज धमला, डिपी खनाल, ओम सुनार तथा सुमन लम्सालले रचना गरेका छन् ।

चन्दु गोर्खाली, सञ्जिव सुब्बा, राजिव शाह, दिपेश प्रधान, चा“द सिंह तथा बुद्ध सान्बोद्वारा संगीत संयोजन गरिएका गीतहरुको उक्त एल्बमलाई सङ्सनेपालले प्रस्तुत गरेको हो । विमोचन समारोहमा एल्बमको पहिलो गीत ‘जोर मादल’ को म्युजिक भिडियो प्रिमियर गरिएको थियो ।समारोहमा सांगीतिक गुरु गुरुदेव कामतले गायक थापालाई आफ्नो कान्छो छोराको रुपमा संगीत सिकाएको स्मरण गर्दै उनको गायकीको प्रसंसा गरे । संगीतकार राजुृ सिंहले पनि गायक थापा संगीतमा मेहनत गर्न पछि नपर्ने प्रतिभा भएको बताए ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …