Thursday , December 14 2017

प्रियंकालाई किन निन्द्रा लाग्दैन?

अभिनेत्री प्रियंका चोपडालाई निद्रा नलागेर हैरान भएकी छन्। उनी आफैलाई निन्द्रा नलाग्नुको कारण थाहा छैन। प्रियंकाले आफ्नो ट्वीटरमा यसबारे जानकारी दिँदै निन्द्रा नलागेर हैरान भएको बताएकी छन्।उनले लेखेकी छन्,‘जब मलाई निन्द्रा लाग्दैन, तब मेरो दिमागमा धेरै कुरा खेल्छन्, यसको कारण अत्याधिक थकान हो की विमानको यात्राको कारण हो, म अचम्ममा छु ?’उनी आफैलाई यस्तो समस्याको कारण थाहा नभएको बताउँदै निकै हैरान भएको बताएकी छन्।प्रियंका अहिले बलिउड र हलिउड दुवैतिर निकै व्यस्त भएकी छन्। दुईतिर सन्तुलन मिलाउन उनलाई निकै मिहेनत गर्नुपरेको देखिन्छ। धेरै काम गरेको कारण उनलाई निदाउन पनि समस्या भएको हुन सक्ने अनुमान लगाउन सकिन्छ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …