Thursday , December 14 2017

रेश्माले ल्याइन् ‘जवानी मेरो फूलसरी चुम्न आउ है भमरा’

प्राय गायक गायिका एकै खालका गीत गाउन रुचाउँछन् । अन्य शैलीका गीत गाउन समस्या हुने कारणले पनि यसो गरेका हुन् । तर सबैखालको गीत गाउँन रुचाउछिन् गायिका रेश्मा केसी ।रेश्मा २०६७ बाट गायनमा सक्रिय छिन् । उनका अहिलेसम्म दर्जन बढी गीत रेकर्ड भएका छन् । उनका केही गीतले राम्रो चर्चा समेत पाएका छन् । उदाहरणको रुपमा ‘झुम्कावाली’ गीतलाई लिन सकिन्छ ।

एल्बमका अलवा चलचित्रको गीतमा समेत उनले स्वर दिने गरेकी छन् । उनको स्वर रहेको ‘शिवम्’ चलचित्रको ‘गुन्द्री तानी बस् है माया’ बोलको गीत अहिले चर्चामा रहन समेत सफल छ ।त्यसो त उनले आइट गीत पनि गाएकी छन् । स्टेज तताउने उदेश्यले उनले यो गीत सार्वजनिक गरेकी हुन् । ‘जवानी मेरो फुलसरी चुम्न आउ है भमरा’ बोलको यो गीत सबैले रुचाउने उनी बताउँछिन् । यो आइट गीतमा देब विरहीको शब्द, सनम पुरुषको संगीत रहेको छ, भने  आरुषी मगर र दीपक ढुङगानाको अभिनय रहेको छ । भिडियो प्रियजन राईले निर्देशन गरेका हुन् ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …