Thursday , December 14 2017

नग्न तस्बिर पोष्ट गरेको भन्दै ऋषि कपूरविरुद्ध उजुरी

ऋषि कपूर ट्वीटरमा निकै एक्टिभ छन् । उनका लगभग सबैजसो ट्वीट विवादमा घेरिने नै गर्छन् । सामाजिक मुद्दामा खुलेर आफ्नो विचार ट्वीटरमा सेयर गर्ने यी नायक अब पुनः आफ्नो ट्वीटका कारण चर्चामा छन् । ट्वीटरमा एक बालकको नग्न तस्बिर पोष्ट गरेर ऋषि कपूर कानूनी दाउपेचमा फस्न सक्छन् ।ऋषि कपूरले ट्वीटरमा भित्री आवाजको विषयमा एक ट्वीटसहित बालकको नग्न तस्बिर सेयर गरेका छन् । उक्त तस्बिर र ट्वीटको विषयमा थुप्रै प्रयोगकर्ताले यसलाई रोचक बताइरहेका छन् र कतिले भने कडा आलोचना पनि गरिरहेका छन् ।

उक्त ट्वीटको विषयमा ‘जय हो’ फाउन्डेशन नामको एनजिओले ऋषि कपूरका विरुद्ध मुम्बई पुलिस कमिश्नर र मुम्बई साइबर सेललाई ऊजुरी पत्र दर्ता गरेका छन् । उक्त शिकायत पत्रमा उनले ऋषि कपूरविरुद्ध चाँडै नै एफआइआर दर्ता गर्न माग गरेका छन् । जय हो फाउन्डेशनका महासचिव एड्भोकेट आदिल खतरीले उजुरी गर्दै नाबालिग बच्चाको अश्लिल, न्यूड तस्बिरलाई ट्वीटरमा सेयर गरेको विषयमा चाँडै नै एफआईआर दर्ता गराउनुपर्ने माग गरेका थिए ।

यद्यपी, मुम्बई साइबर सेलको भनाई अनुसार अहिले उनीसँग यस्तो प्रकारको कुनै पनि उजुरी आएको छैन ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …