Thursday , December 14 2017

सलमानले फुटाईदिए फ्यानको आईफोन, यस्तो छ कारण

सलमान खान मुडि स्वभाब भएका ब्यक्ति हुन् । सलमान खान कुनबेला के गर्छन् सायद उनी आफैँलाई पनि थाहा हुदैँन होला । एक अवार्ड शो को दौरान उनको यस्तै मुडी स्वभाब देख्न पाईएको छ । उक्त कार्यक्रमम उनका एक फ्यान उनको अगाडी आएर ‘नफुट्ने फोन’ भन्दै आफ्नो फोने देखाउन थाले । सलमानले सुरुमा यो कुरा वास्तै गरिरहेका थिएनन् तर उनको फ्याले कयौँपटक आफ्नो फोन नफुट्ने बताईरहेको थियो ।

यस्तोमा सलमानले उसको हातबाट फोन खोसेर जमिनमा फ्याकिदिए तर फोन फुटेन । सलमानले फेरी फोनलाई फ्याँके तर फेरी पनि फोन फुटेन । सलमानले फोन फुटाएको देखेपछि त्यहाँ भिड जम्मा भईसकेको थियो । भिडले पनि सलमालाई फोन फुटाउनको लागि उर्जा दिईरहेको थियो । धेरैपटकको कोसिसपछि सलमानले बल्ल फ्यानको फोट फुटाउन सफल भए । त्यसपछि सलमानले फुटेको फोनको टुक्राहरु जम्मा पारेर फ्यानको हातमा दिदैँ भने ‘नफुट्ने फोन ?’ त्यहाँ भएका सबै मानिसहरु हाँसे ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …