Wednesday , September 20 2017

२९ वर्ष पहिले सलमानले नायिकालाई चुम्बन नगर्ने कसम खाए

आज सलमान खानको बलिउड यात्राले २९ वर्ष पार गरेको छ । यी २९ वर्षमा सलमानले एक्सनका साथै रोमान्टिक दृश्यमा समेत नयाँ आयाम स्थापित गर्न सफल भएका छन् । हरेक नायिका आज सलमान खानकी नायिका बन्न चाहन्छन् । आज सलमान खानबारे हामी यस्तो गोप्य कुरा बताउँदैछौं जसबारे सायद तपाईंले कहिले याद गर्नुभएको छैन ।फिल्ममा आजकाल किस र इन्टिमेट दृश्य गर्नु हरेक स्क्रिप्टको माग हुने गरेको छ । तर सायद सलमान खान यसको अपवाद बनिसकेका छन् जो आफ्नी नायिकालाई चुम्बन गर्दैनन् तरपनि उनको फिल्मले अत्यधिक कमाई गर्ने गरेको छ । बलिउडमा सलमान खान एक्ला नायक हुन् जसले फिल्ममा रोमान्स गर्छन् तर नायिकालाई कहिले चुम्बन गर्दैनन् ।

सलमानले जति बेलादेखि आफ्नो फिल्मी करियर सुरु गरे त्यतिबेला देखि नै यो नियमको पालना गर्दैै आएका छन् । यद्यपी, सलमानले आफ्नो पहिलो र एकमात्र लिपलक सुरज बडजात्याको फिल्म ‘मेने प्यार किया’ मा भाग्यश्रीसँग गरेका थिए ।तर सलमानले उक्त दृश्यमा नायिकालाई छुँदा पनि छोएनन् । यस्तोमा लिपलक कसरी सम्भव भयो त्यसको पछाडि एक कहानी छ । सुरजले भाग्यश्री र सलमानलाई मनाउनका लागि निकै मेहनत गर्नुपरेको थियो । दुबै उक्त दृश्यका लागि कत्ति पनि तयार थिएनन् ।यस्तो अवस्थामा सुरजले एक सिसाको गिलासलाई दुबै बिच राखिदिए जसका कारण उक्त दृश्यको सुटिङ हुन सक्यो । त्यसपछि सलमानले अहिलेसम्म कुनै पनि किसिङ सिन दिएका छैनन् । यसको ठूलो कारण उनको ‘नो किस क्लज’ हो । फिल्ममा आउनु अघि नै उनले नायिकालाई कहिले पनि चुम्बन नगर्ने निर्णय गरिसकेका थिए ।सलमानका अनुसार उनको हरेक फिल्म उनकी आमा र घर परिवारले हेर्ने भएकाले यस्ता दृश्य कहिले पनि नदिने बताउने गरेका छन् ।२९ वर्ष अघि आफूसँग गरेका प्रण सलमानले अहिलेसम्म पनि तोडेका छैनन् ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …