Tuesday , December 12 2017

लिलाको ट्रेलरमा दर्शकको ओहिरो

पछिल्लो समय युट्युवमा केही चलचित्रको प्रचार सामाग्रीले राम्रो दर्शक पाएको देख्न सकिन्छ । यस्तै चलचित्र ‘लिला’को प्रचार सामग्री ट्रेलरले पनि राम्रो दर्शक पाएको छ । तीन दिन अगाडि सार्वजनिक चलचित्रको ट्रेलरले तीन लाख बढी दर्शक पाएको छ । चलचित्र रमेश कोइरालाले निर्देशन गरेका हुन् । ट्रेलरबाट चलचित्रको बिषयमा राम्रो प्रतिक्रिया आएको निर्देशक रमेश कोइरालाले बताए ।

पुर्बी नेपालका साथै भारतको सिक्किम दार्जिलिङसम्म छायाँकन गरिएको चलचित्रमा संचिता लुइँटेल, राज कटुवाल, मलिना जोशी, ध्रुब कोइराला लगायत कलाकारको मुख्य भूमिकामा अभिनय रहेको छ । सिने दर्पण इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘लिला’को प्रस्तुतकर्ता कृष्णप्रसाद दंगाल हुन् । लक्ष्मण बस्नेत र बिमला घिमिरे (दंगाल)को लगानी रहेको चलचित्रमा बसन्त सापकोटाको संगीत, शिव ढकालको छायांकन र कमल राईको नृत्य र अष्ट महर्जनको द्वन्द्व रहेको छ ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …