Tuesday , December 12 2017

यस्तो छ सञ्चिताको खतरनाक ट्रेलर

अभिनेत्री संञ्चिता लुइटेल अभिनित चलचित्र ‘खतरनाक’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार निर्माण युनिटले प्रचारको लागि भन्दै ट्रेलर सार्वजनिक गरेको हो । प्रदर्शनको तयारीमा रहेको यो चलचित्रमा सञ्चिताको अलवा दिनेश, हर्षिका श्रेष्ठ, विरेन डिसी, दिपेश राज पाण्डे लगायतको अभिनय रहेको छ ।
चलचित्रमा सक्रिय मौनता श्रेष्ठको लेखन, प्रदीप खड्काको द्धन्द्ध, नारायण रिजालको नृत्य, रवि कोइरालाको छायाँकन रहेको छ । रोशन तण्डुकार निर्मित चलचित्रलाई ऋषि न्यौपानेले निर्देशन गरेका हुन् । टि.आर.फिल्मस्को प्रस्तुति चलचित्र ‘खतरनाक’मा संगीत विशाल ढकालले दिएका छन् ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …