Wednesday , September 20 2017

परिचय मार्फत फर्किइन् सरिता

अभिनेत्री सरिता लामिछाने सानोपर्दामा फर्किएकी छन् । परिवारिक टेलिश्रृखला ‘परिचय’ मार्फत उनी फेरी सानो पर्दामा छाउँने भएकी हुन् ।कुनै समय चर्चामा रहेको यो परिचय श्रृखला हिजो आइतबारबाट प्रसारणमा आएको छ । एक दशक अघि दर्शकले निकै रुचाएको यो श्रृखला एस्प्रो मिडियाले नेपाल टेलिभिजनबाट प्रसारणमा ल्याएको हो । श्रृखलामा अभिनेत्री सरिता लामिछाने नै  मुख्य भूमिकामा रहेकी छन् ।


श्रृखलाको कथा, विषयवस्तु उस्तै भएपनि नयाँ शैलीमा प्रशारण हुनेछ, भने कलाकार सरोज खनाल, निर शाह, सरीता लामिछाने, कविता शर्मा, वर्षा राउत, सुनिल कटुवाल, आर पी पन्त लगायतको अभिनय रहेको छ ।
श्रृखला ऋषि लामिछानेले नै निर्देशन गरेका छन् । टेलिभिजन दर्शकका लागि परिचय नयाँ स्वाद हुने निर्देशक लामिछानेले बताए ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …