Thursday , December 14 2017

खाडीका नेपाली यूवाको जीवनशैली : चलचित्र लस्ट

रोजगारीका लागी खाडीमुलुक दुबईमा पुगेका युवाहरुले त्यहाँ काम गर्ने नेपालीहरुको जीवनशैलीमा आधारित नेपाली लघु चलचित्र निर्माण गरि सार्वजनिक गरेका छन । चलचित्रको नाम “लस्ट“ राखिएको छ । चलचित्र पटकथा तथा निर्देशन ई. नारायण राउतले गरेका छन भने  मुख्य भुमिकामा सुमन सापकोटा र विक्रान्त लामिछाने छन् ।उक्त लघुचलचित्रमा ई.राउतले दुबईमा कामको शिलशिलमा भेटीएका दुई युवाहरुको जिवनको उतार–चढावहरुलाई देखाउन खोजेका छन् । यो चलचित्रले परिवारसँग टाढा रहेर रोजगारिका लागी परदेशीएका आम नेपालीको दुःख पिडालाई समेटेको  राउतले जानकारी गराएका छन  । यो फिल्ममा बिगत लामो समयदेखि खाडी मुलुकमा काम गरिरहेका दुई जना युवामार्फत् खाडीमा गएर पैसा कमाउने सपना देख्ने  र दिनभरको थकान मेटाउन मदिरा सेवन गर्दाको अबस्थाको चित्रण गरिएको छ ।आपनो देश र परिवारबाट टाढा रहेर परदेशको ठाउमा काम गर्दा कति सम्मको यातना र दुःख भोग्नु पर्छ भनेर यो फिल्ममा देखाइएको छ ।

आफू पनि विगत लामो समयदेखि खाडी मुलुकमा रहेर काम गरिरहेका र नेपाली कामदारको दुःख पिडालाई नजिकबाट भोगेका निर्देशक नारायण राउतले यो चलचित्र युट्युवमा समेत हेर्न सकिने बताएका छन् । चलचित्रको निर्माण ‘दि रिसाइकल विन’ ले गरेको हो। पछिल्लो नेपालको राजनीतिक अवस्था, बेरोजगार, विकासका पूर्वाधारहरुको कमी, युवा स्वरोजगारमूलक कार्यक्रमहरु नहुदाँ हरेक वर्ष लाखौ नेपाली युवाहरु विदेशीन बाध्य भएका छन । फिल्ममा देखाइए जस्तो हरेक वर्ष विदेशीने कामदार युवाहरुले अनेक हन्डर र ठक्कर खाने गर्दछन । खाडी मुलुकको ५५ डिग्री तापक्रममा काम गर्दा हरेक वर्ष कति युवाहरुले अकालमा ज्यान पनि गुमाएका छन । सरकारले हरेक वर्ष विदेशीने युवाहरुलाई स्वदेशमै रोजगारी दिन सकेमा देशको विकास हुनुका साथसाथै विदेशी भूमिमा नेपाली युवाले अकाल ज्यान गुमाउनुपर्ने अवस्था आउने थिएन भन्ने सन्देश यो फिल्ममा दिन खोजिएको छ ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …