Tuesday , December 12 2017

आनाको प्रेम चर्चा

अभिनेत्री आना शर्माको फिल्म ‘ग्याङस्टार ब्लूज’ भदौ २ गतेबाट रिलिज भयो तर फिल्मले भने औषत व्यापार गर्यो । फिल्मबाटै खासै चर्चा  नपाएकि आनाको चर्चा भने अहिले उनको प्रेम सम्बन्धका कारण भैरहेको छ । कुनै समय आनाको नाम अभिनेता अनमोल केसीसँग जोडिने गर्दथ्यो । तर, अनमोल र आनाको फिल्म ‘जेरी’ रिलिज भएपछि उनीहरुको प्रेम चर्चा पनि सेलायो । अहिले भने आना फेरि प्रेमको रंगमा रंगिएकी छिन् ।

आनाको प्रेम व्यवसायी सोनाम छिरिङ शेर्पासँग चलिरहेको छ । सोनाम यती एयरलाइन्सका मालिकका छोरा हुन् । आनाले सामाजिक संजाल इन्स्ट्राग्राममा सोनामसँगका तस्बिरहरु पोष्ट गर्न थालेकी छिन् । यतीमात्र होइन, आना र सोनाम फिल्म ‘ग्याङस्टार ब्लूज’को प्रिमियरमा पनि एकसाथ फिल्म हेर्न पुगेका थिए ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …