Tuesday , December 12 2017

सुशान्तले फिर्ता गरे ४ करोड

बलिउडका चक्लेटी अभिनेता सुशान्त सिंह राजपुतले सम्झौता गरिसकेको फिल्म छोडेबापत ४ करोड फिर्ता गरेका छन् । उनले ‘रोमियो अकबर वाल्टर’ फिल्ममा काम गर्ने सम्झौता गरिसकेपछि अचानक छोडेका हुन् । उनले फिल्ममा सम्झौता गर्दाताका लिएको ४ करोड निर्मातालाई फिर्ता गरिदिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


व्यस्त रहेका कारण फिल्ममा आफूले काम गर्न नसकेको उनले जनाएका हुन् । कुनै बेला बलिउडमा स्थापित हुन उनले निकै संघर्ष गरेका थिए । विभिन्न टेलिभिजनमा प्रसारण हुने सिरियलमा उनको चर्चा चुलिएपछि बलिउड प्रवेश सहज भएको थियो ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …