Thursday , December 14 2017

युवाको प्रेमकथा बोकेको ‘टिनएज’को ट्रेलर

नृत्य निर्देशक दिनेश पाख्रिनको निर्देशन रहेको चलचित्र ‘टिनएज’को ट्रेलर र २ गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा गीत तथा ट्रेलर एकसाथ सार्वजनिक गरिएको हो ।अन्जली खड्गी, नरेशविर सिंह, सरोज शाह, प्रतिक्षा खड्का, कृष्णा सिवाकोटी, अजय खड्का लगायतका कलाकारको अभिनय रहेको चलचित्र २७ असोजबाट प्रदर्शनमा आउँदैछ ।

चलचित्रको सार्वजनिक ट्रेलरमा यूवापुस्ता बिच अहिले चलेको प्रेम, रोमान्स र वियोगको कथा समेटिएको छ । विरु मगर र चिनिमाया वाइवाको लगानीमा रहेको चलचित्रमा विकास चौधरी र बसन्त सापकोटाको संगीत रहेको छ । चलचित्रमा आफुले युवापुस्ताको प्रेम फरक तवरले देखाउन खोजेको निर्देशक पाख्रिनले बताए । उनले चलचत्रले प्रेमकथा उठाए पनि अन्य चलचित्र भन्दा भिन्न भएको दाबी गरे ।

Check Also

चैत ३० मै प्रदीप र जसिताको “लिलिबिलि”

पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ले आफ्नो प्रदर्शन मितितय भएको छ । …