Wednesday , September 20 2017

ज्योतिलाई लिटिल आइडलको उपाधि

बसुन्धरास्थित माउन्ट ग्लोरी स्कुलमा कक्षा सातमा अध्यायनरत ज्योती पाख्रिनले ‘क्विक्स मिस लिटिल आइडल २०१७’ को उपाधि चुमेकी छन् ।राजधानीमा आयोजित प्रतियोगितामा ज्योतीले ५४ प्रतिष्पर्धी पछि पार्दै उपाधि चुमेकी हुन् । बिजेताको रुपमा प्याब्सन काठमाडौंको तर्फबाट एक वर्षको छात्रवृति र ३० हजार रुपैयाँ नगद पुरस्कारको रुपमा हात पारेकी छन् ।प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको संयुक्त आयोजनामा भएको प्रतियोगितामा मैजुबहालस्थित आइडियल हाइयर सेकेन्डरी स्कुलकी छिरिङ ल्ह्रामु शेर्पा र डेचेन लेप्चा क्रमश फस्ट र सेकेन्ड रनरअप घोसित भए ।छिरिङले २० हजार रुपैयाँ र डेचेनले १० हजार रुपैयाँसहित प्याब्सन काठमाडौंको तर्फबाट एक वर्षका लागि ५० प्रतिसत छात्रवृति पनि हात पारे ।

जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटा, प्याब्सन काठमाडौंका अध्यक्ष हरीकृष्ण श्रेष्ठ, क्याप्टेन भगवान थापा, पपगायक धीरज राई, सञ्चारकर्मी रामकला खड्का र पूर्वमिस मंगाल प्रीति गुरुङ निर्णायक मन्डलमा थिए ।सो अवसरमा पपगायक धीरज राई, हास्यकलाकार महादेव त्रिपाठी र राजेन्द्र गिरीले आआफ्नो प्रस्तुति मार्फत उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।‘कोर्षमा नसमिटिएका तर विद्यार्थीमा निहित क्षमतालाई उजागर गर्न यो प्रतियोगिता राम्रो प्लेटफर्म सावित भएको छ’, प्याब्सन काठमाडौंका अध्यक्ष हरीकृष्ण श्रेष्ठले भने ।

Check Also

Nepathya’s new video ‘Siranma Photo’ released

As part of the video release series during the Nepathya Silver Jubilee year, the September …